आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।
अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए ।यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पुनः २४ गतेसम्मका लागि स्थगित भएको थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएको बताइएको छ । अध्यक्षद्धयले विवाद निकासका लागि सहमतिको सुत्र खोजिरहेका छन ।
गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन
