आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक

शनिबार बिहान कोरोना भाइरस संक्रमित संख्यामा इटालीलाई जित्दै छैठौं स्थानमा पुगेको भारत विश्वको पाँचौ धेरै संक्रमित भएको मुलुक बनेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा स्पेनलाई उछिनेको हो।

अमेरिकाको जोनस् हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतको कुल संक्रमित संख्या शनिबार साँझ २ लाख ४५ हजार ६ सय ७० पुगेको छ। स्पेनमा भने त्यो संख्या २ लाख ४१ हजार ३ सय १० रहेको छ।

संक्रमित संख्या धेरै भएपनि कोरोनाबाट हुने मृत्युको संख्यामा भने भारत यी मुलुकभन्दा धेरै पछाडी रहेको छ। इटालीमा हालसम्म कोरोनाका कारण ३३ हजार ७ सय ७४ जनाको ज्यान गएको छ भने स्पेनमा त्यो संख्या २७ हजार १ सय ३४ रहेको छ। भारतमा कोरोनाबाट हालसम्म ६ हजार ६ सय ४२ जनाको ज्यान गएको छ।

सातादिन अगाडि सम्म भारतको दैनिक कोरोना संक्रमण दर करिब ६५ सय रहेकोमा हाल त्यो १० हजारको करिब पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हिजो शनिबार बिहान ८ बजेसम्म ९ हजार ८ सय ८७ नयाँ संक्रमित फेला परेको र २ सय ९४ जनाको ज्यान गएको जानकारी दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *