आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

१२ जनाको मृत्यु भएको बाँके दुर्घटनामा घाइते हुनेहरुको नामावली

बाँके दुर्घटनामा घाइते हुनेहरुको नामावली प्राप्त भएको छ । आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बाँकेको ठुरिया जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो । त्यसैगरी दुर्घटनामा २२ जना घाइते भएका छन् ।

मृतकमध्ये ११ जना पुरुष र एकजना महिला रहेका छन् । मृतकको सनाखत भइरहेको छ भने दुर्घटनामा घाइते भएका २१ मध्ये २० जनाको पहिचान खुलेको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् भने १७ जना मध्यम घाइते भएको बाँके प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुको नामावली यस्तो छ ।

१. मेघराज केसी (४५) घोराही उपमनपा धर्ना–५, दाङ

२. सुनिल परियार (१७), त्रिवेणी गाउँपालिका ७, रोल्पा

३. वीरेन्द्र परियार (२०) त्रिवेणी गाउँपालिका ७, रोल्पा

४. पुरन परियार (१८) त्रिवेणी गाउँपालिका ७, रोल्पा

५. विष्णु गिरी (३९) दाङ, तुल्सीपुर उपमनपा २ खैरीकोट

६. टिका चलाउने (२९) सारदा नपा ६, कजेरिया, सल्यान

७. दिपेश चौधरी (२०) राजपुर गापा ६, ग्रामीखोला, दाङ

८. रुपलाल केसी (२३) तुल्सीपुर उप महानगरपालिका २, खैरीकोट

९. नर बहादुर विक (५२) रोल्पा, कुरेली डालिम गापा

१०. जीवन घर्ती (२१) राजपुर गापा २ रैनिया, दाङ

११. दिल बहादुर विक (४०) टुटु ८ रोल्पा

१२. मिनराज विक (२०) कुपिन्डे गापा ६ धागरी झराकोट, सल्यान

१३. तेज बहादुर बुढाथोकी (४०) सिद्धकुमाख गापा ५ दह

१४. धन बहादुर बोहोरा (१८) सल्यान ५ छापडाँडा

१५. लोकेश घर्ती (२८) सिद्धकुमाख गापा ४ चाँदे

१६. दिप बहादुर बुढा (५२) कुभिण्डे गापा ६, गगनकटुवा, सल्यान

१७. भरत थापा (२०) गढवा गापा ६ भानपुर, दाङ

१८. शिव भण्डारी (२६) सिद्धकुमाख गापा ४, सल्यान

१९. देवेन्द्र खड्का (१८) सिद्धकुमाख गापा ५ दह, सल्यान

२०. ज्ञान बहादुर बाहोरा (१७) सिद्धकुमाख गापा ५ दह, सल्यान

२१. नाम र ठेगाना नखुलेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *