कोरोना भाइरसका कारण डेड महिना देखि लकडाउन बाट प्रभावित बनेकाहरुलाई राजधानीको बालाजुस्थित माछापोखरीमा बैशाख १६ गते देखी २५ गते सम्म १० दीन नेपाली काँग्रेसको भातृ सस्था नेपाल तरुण दल रसुवाले निशुःक खाना खुवाएको छ । तरुण दल रसुवाका अध्यक्ष डील बहादुर मोक्तानको नेतृत्वमा चैत्र १६ गतेदेखि खाना खुवाउन थालिएको हो ।दैनिक २ ८० मजदुर, असाहय र सडक बालबालिकाहरुलाई खाना खुवाइरहेको र हालसम्म २५०० जना लाई खुवाइसकेको नेपाली कांग्रेस रसुवाका नेता कुमार देवकोटाले जानकारी दिनु भो ।
दैनिकी खाना बनाउन तरुण दलका स्वयंसेवकहरु बिहानै बालाजु माछापोखरी पुग्छन ! बालाजु माछापोखरी स्थित बर्गर हाउसका संचालक एवं तरुदल नेता खेसम तामाङ उक्त काममा निरन्तर लागिरहेका छन ।
हरेक दिन बिहानको खानामा दाल भात तरकारी अचार र कुनै दिन खिर तरकारी पनि खुवाइएको र पहिलो चरन को कार्यक्रम स्थगीत भएको र अबका दीन मा नया चरण को कार्यक्रम सुरु गरिने जनाकारी दीइयो ।

तरुण दल रसुवा ले २५ सय लकडाउन बाट प्रभावित बिपन्न नागरिक लाई खाना ख़ुवायो
निशुल्क खाना खुवाउने अभियानमा रसुवा कांग्रेस नेता कुमार देवकोटा नेबि संघ अध्यक्ष शशी अधिकारी,तरुण दल नेताहरु खेशम तामाङ, अनिल लामा, रितु ग्यामदाङ लगायतको सक्रियता रहेको बताइएको छ ।
