आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

रुकमाङ्गद कटवाल ट्रष्टद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान

काठमाडौं– डा.महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुकमाङ्गद कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको हो । विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत व्यवस्थापन, राष्ट्र, राष्ट्रियता र अन्य सामाजिक कार्यहरू गर्दै आइरहेको रुकमाङ्गद कटवाल ट्रष्टले देशको सर्वाङ्गिण विकासका लागि कठिन परिस्थितिका बाबजुद दिन रात खटिरहेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिएको जनाएको छ । आविस्कार केन्द्रले हाल विश्वभर सन्त्रासको रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पीपीईलगायतका सामग्रीहरू निर्माण कार्यमा खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै ट्रष्टका अध्यक्ष पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालले धन्यवाद दिए ।

हाल ट्रष्टले देशभरका आर्थिक अवस्था कमजोर भएका असहाय, अपाङ्ग तथा सिमान्तकृत वर्गका ५३ जना विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको ट्रष्टका सचिव जगतबहादुर कटवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *