आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपाल फ्युजन डान्स क्रु,दुवई द्वारा गीतकार युवराज अधिकारीलाई सम्मान

नेपाल फ्युजन डान्स क्रुले गीतकार युवराज अधिकारीलाई सम्मान गरेको छ । युएईको दुवईमा रहेको उक्त संस्थाले हालै आयोजित एक कार्यक्रममा गीतकार अधिकारीलाई सम्मान गरेको हो । दुवईमा रहेर नेपाली कला संस्कृतिको प्रवद्र्धनमा सक्रिय नेपाल फ्युजनका अध्यक्ष लक्ष्मण दियाली तथा लामो समयदेखि कलाकारितामा सक्रिय मोडल, गीतकार एवं कार्यक्रम संचालकको रुपमा समेत ख्याती कमाएका आशिष पुरुषले गीतकार अधिकारीलाई सम्मान गरेका थिए । कार्यक्रममा संस्थाका प्रशिक्षक सनम रसाईली, भुवन थापा मगर, बबीन विसी लगायतको उपस्थिती रहेको थियो ।

गीतकार युवराज अधिकारीको साथमा मोडल आशिष पुरुष

नेपाल एयरलाईन्सका निर्देशक समेत रहेका गीतकार अधिकारीका थुप्रै गीतहरु लोकप्रिय छन । हालै मात्र कतारमा आयोजना भएको स्टार ईन्टरनेशनल अवार्डमा सर्वोत्कृष्ट एल्बमको अवार्ड जित्न सफल भएको देउरालीको फुलमा समावेश केहि गीतहरुको चर्चामा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *