शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक

एसियन साम्बोमा पाँच खेलाडीले नेपाललाई दिलाए पदक काठमाडौं– भारतको नयाँ दिल्लीमा जारी एसियन साम्बो प्रतियोगितामा नेपालले पाँच पदक जित्न सफल भएको छ । प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत पदक जित्न सफल भएका हुन् । त्यसैगरी निरज भण्डारी र भगवाती माझीले कास्य पदक हात पारेका छन् । प्रतियोगिताका लागि नेपाली टोली गत मंगलबार भारत गएको थियो । सेप्टेम्बर १० देखि शुरु भएको प्रतियोगिता १६ तारिखसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडीको सहभागीता रहेको नेपाल साम्बो फेडेरेसनका उपाध्यक् रमेश पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *