लोकप्रिय अभिनेता शिवहरि पौडेलले नयां चलचित्र ‘लक्का जवान’ निर्माणको घोषणा गरेका छन । निर्माता तथा कलाकार किरण केसीको जन्मदिनमा यो चलचित्रको घोषणा गरिएको हो । पारिवारिक तथा कमेडी कथामा बन्न लागेको यो चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गर्न लागेका हुन् । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘लक्का जवान’ पारिवारीक तथा कमेडी कथामा बन्न लागेको र यो चलचित्र सँगै अग्रज कलाकार शिवहरि पौडेलले अब चलचित्र निर्देशकको रुपमा पनि नयाँ परिचय बनाउन लागेका छन । जिरे खुर्सानी जस्तो एतिहासिक र लामो सिरियलका लेखक र निर्देशक पौडेलले ब्रेकफेल लगायत कयौं सिरियल, विज्ञापनको समेत उत्कृष्ट निर्देशकिय क्षमता प्रदर्शन गरि अलग्गै परिचय स्थापति गरिसकेका पौडेलले त्यहि अनुभबको आधारमा भन्न सकिन्छ यस चलचित्र बाट एउटा सफल निर्देशक बनेर चलचित्र जगतमा पदार्पण गर्ने छन ।

ध्रुव वन्त र अनुसुया श्रेष्ठ वन्त मुख्य निर्माता रहेको चलचित्रका सह–निर्मातामा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल हुन् । चलचित्रको बिषयमा निर्देशक पौडेलले भने–‘चलचित्रलाई हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण गर्दैछौ । चलचित्रको बिषयमा अन्य जानकारी हामी पछि दिनेछौ ।’
