आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

चर्चित गायक प्रमोद खरेलको झुमा झुमा बोलको गीत सार्वजनिक (भिडियो सहित)

चर्चित गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । झुमा झुमा बोलको गीत सार्वजनिक भएको हो । गीतमा टीकटकवाट भाइरल भएका जुम्ल्याहा दिदी बहिनीले प्रिन्सी र प्रिज्माले अभिनय गरेका छन् । उनीसंगै संगै छन् चर्चीत कलाकार पल शाह ।

सांगीतिक करियरको करिब एक दशक संघर्षमा बिताएका खरेल पछिल्लो आधा दशकदेखि लोकप्रिय गायकका रूपमा सु परिचित छन् । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीका करिब २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतले झनै चर्चीत बनाएको हो । त्यो गीत पछि उनलाई पछाडी फर्केर हेर्नुपरेको छैन ।

ब्यस्त र सुपरहिट गीत पस्कने उनै प्रमोदले शुक्रवार आफ्नै युट्युव च्यानलवाट नयाँ गीत सार्वजनिक गरेका हुन् । दिक्षा कृयशनले प्रस्तुत गरेको सो गीतमा सार्वजनिक भएको एक घण्टा नबित्दै निकै राम्रा प्रतिकृया आएका छन् । हिमान्सु रायमाझिको रचना रहेको गीतमा सुभम भुजेलले कोरियोग्राफि गरेका छन् । गीतमा दिपक आचार्यले निर्देशन गरेका छन् । पछिल्लो गीतहरुमा गायक प्रमोद खरेल आफै अभिनयमा पनि देखिन थालेका छन् । गीतको भिडियोमा खरेलको आफ्नै अभिनय पनि देख्न सकिन्छ ।

गीतको भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *