बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

इङ्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो, वेष्टह्याम युनाईटेड २–० ले पराजित

काठमाडौँ — चैत्र २६ ।

वेष्टह्याम युनाईटेडलाई हराउँदै चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा चेल्सीले वेस्टह्याम माथि २–० को जित निकाल्यो । चेल्सीका लागि दुबै गोल बेल्जियन खेलाडी एडिन हाजार्डले गरे ।

जितसँगै चेल्सीले ३३ खेलबाट ६६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

समान खेलबाट ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८० अंकसहित दोस्रो स्थानमा छ ।

चौथो स्थानको टोटनह्याम हट्सपरको ६४ अंक छ भने ६३ अंकका साथ आर्सनल पाँचौ स्थानमा छ ।

(ईमेज खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *