बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

लमजुङको तिनपिप्लेमा नयाँ बर्षको अवसरमा खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने

लमजुङ— चैत्र १५ ।

नयाँ बर्षको अवसरमा लमजुङको राईनासमा खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।

सनराईज युथ क्लबको आयोजनामा उक्त प्रतियोगिता राईनास-५, तिनपिप्लेमा हुन लागेको हो । प्रतियोगिताको लागत अनुमान कुल ४ लाख २० हजारको रहेछ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद रु. ५१,००० र ३१,००० का साथै मेडल तथा प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने सेमिफाईनलसम्म पुग्ने टिमलाई नगद रु. सात हजार दिईने अायोजक क्लबले जनाएको छ ।

प्रतियोगितामा राईनास नगरपालिका र आसपासका गाउँपालिका एबम् नगरपालिकाबाट समेत क्लबहरुले प्रतिस्पर्धामा भाग लिने जानकारी क्लबका अध्यक्ष हरिराम अधिकारीले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *