शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

दाहालकाे जस्तै निर्णय क्षमता सिके राउतमा देखें– प्रधानमन्त्री ओली

काठमाडौँ — फागुन २४।

प्रधानमन्त्री प्रधामनन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गरेका छन् । राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच शुक्रबार भएको राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रावतको निर्णय क्षमताको प्रशंसा गरेका हुन । उनले राउतलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालस‌ँग तुलना गरेका छन् ।

‘राउतमा निर्णय क्षमता देखे। त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जो सुकैले यस्तो सक्दैन निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखे।’

(कान्तिपुर दैनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *