आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सुदूरपश्चिमकै पहिलो डोटेली गीति एल्बम ‘हिरोईन मिनाकुमारी’ को छायांकन सम्पन्न

सुदूरपश्चिम प्रदेशकै पहिलो डोटेली भाषाको गीति एल्बम “हिरोईन मिनाकुमारी” को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ । ए.एस. उडान फिल्म प्रोडक्सन को ब्यानरमा तथा सिमा आचार्य को प्रस्तुतिमा निर्माण भइरहेको उक्त एल्बम सुदूरपश्चिमका विभिन्न रमणीय तथा पर्यटकीय स्थलहरूमा छायांकन गरिएको निर्माण टिमले जनाएको छ ।

एल्बममा मोडलका रूपमा केशब भाट र मनिषा सिंह ठकुरी को आकर्षक अभिनय देख्न पाइनेछ । साथै, सुदूरपश्चिम प्रदेशका प्रथम नायकका रूपमा परिचित अम्बिका प्रसाद आचार्य को दमदार अभिनयले एल्बमलाई थप विशेष बनाएको निर्माण पक्षले जनाएको छ ।

उक्त गीति एल्बममार्फत नयाँ कलाकार चुडामणि जोशी र मोहन प्रसाद भुसाल ले पनि आफ्नो अभिनय प्रतिभा प्रस्तुत गरेका छन् ।

एल्बममा अम्बिका प्रसाद आचार्य म्यानेजिङ डाइरेक्टर तथा नयाँ स्टोरी कन्सेप्टमा रहनुभएको छ भने गायनतर्फ दिल ब. बि. क. र सन्चिता नेपाली को स्वर रहेको छ । त्यसैगरी, कथा, निर्देशन तथा कोरियोग्राफी केशब भाट ले गर्नुभएको हो ।

छायांकनतर्फ अनिल चौधरी, प्रकाश व्यवस्थापनमा अनिक चौधरी तथा सहकार्यमा केशव राज जोशी को महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

बहुप्रतिक्षित डोटेली गीति एल्बम “हिरोईन मिनाकुमारी” चाँडै नै दर्शकमाझ सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *