आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

“क्युटी केयर ब्युटी हबलाई ग्लोबल स्टार अवार्ड: फेसन र श्रृङ्गार क्षेत्रमा नयाँ उचाइ”

काठमाडौं । क्युटी केयर ब्युटी हप एण्ड ट्रेनिङ सेन्टर को निमन्त्रणामा फेसन आर्टिस्ट तथा फेसन इन्टरप्रेनर विशाल गुरुङले श्रृङ्गारमा आबद्ध भएका ब्युटिसियनहरूलाई आफ्नो फेसन यात्राका साथै जीवनका कठिनाई हरूलाई कसरी पार गर्ने भन्ने महत्त्वपूर्ण टिप्सहरू बताए।

वरिष्ठ सौन्दर्यविद क्युटी केयर ब्युटी हप ट्रेनिङ सेन्टरकी सञ्चालिका चन्दा पुन भन्छिन्,- म मेरो विद्यार्थीहरूलाई एक सक्षम अनुशासित र आत्मनिर्भर भएको हेर्न चाहन्छु। फेसन, श्रृङ्गारको क्षेत्रमा स्थापित व्यक्तिहरुलाई निम्त्याएर उहाँहरूको अनुभवलाई ब्युटिसियनहरू माझ निकै नै प्रभावकारी साथै उनीहरूको मनोबल बढ्ने आशा राखेकी छु। फेसन आर्टिस्ट विशाल गुरुङ भन्छन् – गन्तव्यसम्म पुग्नको लागि लगनशीलता मेहनत र धैर्यता आवश्यक रहेको बताए।

आज महिलाहरू आफ्नो घर सम्हाल्नेदेखि अफिसको कामहरू पनि सहज रूपले गर्न सक्ने भएका छन्। यो निकै नै खुसीको कुरा हो। जति हामी अरुलाई खुसी बनाउन सफल छौ त्यही अनुसार आफु स्वयं पनि खुसी रहनु आवश्यक छ। यस्तो कार्यशालाले गर्दा छुट्टै प्रोत्साहन मिल्छ र ज्ञानलाई व्यावहारिक रूपमा ढाल्न सकिन्छ विशाल गुरुङले बताए l समयको खेर नफाली निरन्तर प्रयास रत रहन ब्युटिसियनहरूलाई आग्रह गरे।

केराटीन नेपाल ( Crab कम्पनी) बाट दिपक सापकोटा( डिलर) , सुदर्शन केसी( आयतकर्ता) र कल्पना दुवाडी (सेल्स अफिसर) विशेष उपस्थिति रहेको थियो। क्युटी केयर ब्युटी हब एण्ड ट्रेनिङ सेन्टरलाई नेपालकै दक्ष जनशक्ति उत्पादनमा गर्ने कम्पनीको रूपमा पनि चिनिन्छ l हाल मात्र एक भव्य समारोहमा क्युटी केयर ब्युटी हब एण्ड ट्रेनिङ सेन्टरलाई गोल्डेन स्टार अवार्डमा उत्कृष्ट ब्युटी एकेडेमी अवार्ड प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *