आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता

काठमाडौँ– सिटी वालेट प्रा.ली द्वारा सञ्चालित भुक्तानि सेवा सिटी पे र शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)बीच व्यवसायीक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।

नेपाल राष्ट्र वैँकद्वारा इजाजत प्राप्त संस्था सिटी वालेट र विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा एप्क्यानको तर्फबाट अध्यक्ष प्रज्वल बस्नेत र सिटी पेको तर्फबाट सिइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन्।

विदेशमा शिक्षा लिइरहेका नेपाली विद्यार्थीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले सहकार्य गरिएकाे एप्क्यानले जनाएकाे छ। सम्झाैतापछि यसबारे जानकारी दिदैँ अध्यक्ष बस्नेतले भने, ‘सिटी वालेटसँगको हाम्रो साझेदारी हाम्रो लक्ष्यसँग मिल्दोजुल्दो छ। नेपाली विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक कार्यमा सहयोग गर्न हामी सदैव तयार छाैँ।’ सिटी वालेटका सीईओ विनय रेग्मीले यस सहकार्यप्रति खुसी व्यक्त गर्दै भने,’हामी साझेदार हुन पाउँदा उत्साहित छौं।

एप्क्यानसँग विदेशमा शिक्षा लिइरहेका नेपाली विद्यार्थीहरूको भुक्तानी प्रक्रियालाई सरल बनाउन यो सहकार्य गरिएकाे हाे। यसले हाम्रा ग्राहकहरूलाई सुविधाजनक र भरपर्दो वित्तीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धतालाई जोड दिन्छ।’ भुक्तानी प्रक्रियालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउन सिटी वालेट र एप्क्यानबीचको सहकार्यले थप सहयाेग पुग्ने अपेक्षा गरिएको उनकाे भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *