आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

वरिष्ठ गायक पोखरेलको ‘चित्त दुख्छ रे उनैको’(भिडियो)

प्रतिष्ठित लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा रहेको गीतको म्युजिक भिडियो ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले सङ्गीतबद्ध गर्नुभएको छ । सञ्जय श्रीपालको गीतमा सङ्गीत संयोजन रहेको छ ।

वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटाबको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो ।

नवीन विष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *