आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

गीतकार निरकमल खड्काको‘समिपै पाए’सार्वजनिक(भिडियो)

गीतकार निरकमल खड्काको ‘समिपै पाए’बोलको गीत सार्वजनिक भएको छ। खड्काको शब्द तथा सुवानी मोक्तानको स्वर रहेको उक्त गीत व्ल्यु लोटस ईन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा वरिष्ठ तथा चर्चित संगीतकार शिला वहादुर मोक्तानको संगीत दिएका छन् भने एरेन्ज पनि उनकै रहेको छ । उषा उप्रेती र दिपकराज विश्वकर्माको अभिनय रहेको गीत खड्काको यो बर्षकै दोश्रो सांगीतिक कोसेलीका रुपमा सार्वजनिक भएको हो ।

राजिव शाहको मिक्सिङ रहेको यो गीतको भिडियो निशल पौडेलले खिचेका हुन भने भिडियो निर्देशन भने युवराज वाईवाले गरेका छन् । विदेशमा रहेर नेपाली संगीतमा योगदान गरिरहेका खड्काको यस अघि भुल्न गाह्रो भो,कहाँ राँखु प्रिय,नक्कली कान्छी लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *