बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आज विहीबार देशभर आँशिकदेखि सामान्य वदली

 हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।साथै  मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको जल तथा मौसस पूर्वानुमान विभागले जनाएको छ। 

आज विहीबार देशभर आँशिकदेखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा हल्का वर्षा भएको विभागले जनाएको छ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

भदौ २५ गते शुक्रबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको भिागले जनाएको छ ।
 
भदौ २६ गते शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *