आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अमेरिकी मिसन काबुलमा नरोकिने :राष्ट्रपति जो बाइडन

अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडनले हमलाकारीलाई नछाड्ने चेतावनी दिएका छन् ।

पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो।

बाइडनले भनेका छन्,’यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छाै‌ं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ । हामी माफ गर्ने छैनाैं।’

अमेरिकीलाई आफ्नो काममा आतंकवादीले राेक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन् । मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए । बिबिसीका अनुसार काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *