शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

प्रधानमन्त्री ओलीले एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा

 नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।

ओलीले ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै भनेका छन, ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशिल हुनेछन् ।’

माधव नेपाल पक्षका तत्कालीन सांसदहरुले संसद पुन:स्थापना तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि आदेश जारी हुनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त पनि ओलीले अगाडि सारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *