आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

इङ्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *