जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेतामा चयन नभएको बताएका छन्।
यसअघि आजै नेता राजेन्द्र महतो संसदीय दलको नेतामा निर्वाचित भएको पत्र संसद सचिवालयमा दर्ता भएका विवरण सार्वजनिक भएका थिए।
महन्त ठाकुर पक्षीय नेता महतो निर्वाचित भएपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै उनी पार्टीको संसदीय दलको नेतामा चयन नभएको स्पष्ट पारेका छन्।

