शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा

काठमाडौँ– जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा रहेका छन् ।

तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ ।

त्यसैगरी विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जीत र एक बराबरीको नतिजापछि समान चार÷चार अङ्कका साथ लिग तालीकाको क्रमशः चौथो, पाँचौँ, छैँटौँ र सातौँ स्थानमा छन् ।

दुवै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालीकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम (एनआरटी) तालीकाको क्रमशः नवौँ र १०औँ स्थानमा छ ।

फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेडब्वाइज दुवै खेल गुमाउँदै अङ्कविहीन अवस्थामा छन् । उनीहरु तालीकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् ।

दोस्रो चरणका खेल सकिएसँगै दुई दिनका लागि लिग स्थागित गरिएको छ ।

लिगको तेस्रो चरणका खेल बुधबारदेखि शुरु हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

मङ्सिर ६, ७ र ८ गते तेस्रो चरणका खेल हुनेछन् भने पुनः दुई दिनको विश्रामपछि १० गतेदेखि चौथो चरणका खेल हुनेछन् ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम ९एनआरटी०, ब्रिगेडब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् ।

फेयर प्ले टिमले रु एक लाख पाउने छ । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ द म्याच खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ ।

लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने निर्देशक मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो ।

हालसम्मको अङ्क तालीका 

  क्रसं टोली    खेल    जित    हार    बराबर    अङ्क
१.    थ्रीस्टार क्लब    २    २    ०    ०    ६
२.       मनाङमस्र्याङ्दी क्लब    २    २    ०    ०    ६
३.    त्रिभुवन आर्मी क्लब    २    २    ०    ०    ६
४.    नेपाल पुलिस क्लब    २    १    ०    १    ४
५ .   सङ्कटा क्लब    २    १    ०    १    ४
६.    मच्छिन्द्र क्लब    २    १    ०    १    ४
७.    एपिएफ क्लब    २    १    ०    १    ४
८ .   हिमालयन शेर्पा क्लब    २    ०    ०    २    २
९.    च्यासल युथ क्लब    २    ०    १    १    १
१० .   न्यूरोड टिम ९एनआरटी०    २    ०    १    १    १
११.    जावलाखेल युथ क्लब    २    ०    २    ०    ०
१२ .   फ्रेण्ड्स क्लब    २    ०    २    ०    ०
१३.    सरस्वती युथ क्लब    २    ०    २    ०    ०
१४ .   ब्रिगेडब्वाइज क्लब    २    ०    २    ०    ० 

Leave a Reply

Your email address will not be published. Required fields are marked *