आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जना नयाँ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दैनिक संक्रमित भेटिनेमा यो संख्या हालसम्मकै धेरै हो। यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको।

आज थपिएका मध्येकाठमाडौं उपत्यकामा मात्रै २४९५ कोरोना संक्रमित छन्। काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ कोरोना संक्रमित थपिएका हुन्।

यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेशनमा तथा संस्थागत आइसोलेशनमा तीन हजार ११० रहेका छन्।

यस्तै ४०१ जना आइसियुमा उपचाररत थगन ११० जना भेन्टिलेटरान छन्। आइसियु श्ययाको कूल सङ्ख्या एक हजार २०३ र ५०८ भेन्टिलेटर छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *