आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

काठमाडौं उपत्यका सहित २२ जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकोले संवेदनशील हुन स्वास्थ्य मन्त्रालयको अपील

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित २२ जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको जनाएको छ।

कोरोना फैलिएका जिल्लाका अस्पतालहरुमा बेड नरहेकोले संवेदनशील हुन पनि स्वास्थ्य मन्त्रालयको अपील गरेको छ।

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै यस्तो अपील गरेका हुन।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचार गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *