नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार राति अबेरसम्म वार्ता भएको छ।
देउवासँग छलफल गरेर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई देउवा निवास (बूढानीलकण्ठ) बाट मंगलबार साँझ साढे ५ बजेतिर निस्किएका थिए। त्यसपछि देउवा र प्रचण्डबीच देउवाको ससुराली नाता पार्ने प्रमोद राणाको निवास (महाराजगन्ज) मा छलफल भएको हो।
