बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेप्से आज हालसम्मकै उच्च विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र २५ गते बुधबार नेप्से दुई हजार छ सय ८४ दशमलब ७८ विन्दुमा पुगेको थियो ।  

नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २३.२३ अंकले बढेर दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेको छ ।  

आज ७ अर्ब १४ करोड ३१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये सात समूह बाहेक अन्यसबै समूह बढेका छन् ।  आज ६ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *