शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

विश्व कीर्तिमानी गीतकार डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सामाजिक विभेद विरुद्धको गीत हेला नगर को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् । भिडिओ गीतकार उपाध्यायको आधिकारिक युट्युब च्यानल DR Music & Creations बाट २ घण्टा अघि मात्र रिलिज भएको हो। सन्तोष श्रेष्ठको सङ्गीत र अग्रज गायिका ज्ञानु राणाको स्वर रहेको यस गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ ।

सङ्गीतका भिन्न भिन्न ३२ विधामा वर्ल्ड रेकर्ड राख्न सफल डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *