बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीबाट निलम्बन गरेसँगै त्यसबारे छलफलका लागि भेला

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षका नेताहरुको भेला बोलाएको छ ।

सोमवार अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट निलम्बन गरेसँगै त्यसबारे छलफलका लागि उक्त पक्षले भेला बोलाएको होे ।

पार्टी विधान विपरित काम गरेको भन्दै पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले दुवै नेतालाई ६ महिना पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । त्यसैबारे छलफल गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । पार्टीबाट निलम्बनमा परेसँगै वरिष्ठ नेता नेपालले त्यसलाई स्वीकार नगर्ने बताएका छन् ।

आजको बैठकमा उक्त पक्षका स्थायी कमिटी सदस्य साथै सांसदहरुको समेत उपस्थिति रहने बताइएको छ । भेला कहा बस्छ भन्ने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *