आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आज हिमाली र पहाडी जिल्लामा होली पर्व मनाइँदै

आज हिमाली एवं पहाडी जिल्लामा होली पर्व धुमधामका साथ मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमवार होली मनाइन्छ । मुख्यगरी दुई दिन होली पर्व मनाउने गरिए पनि यसको औपचारिक शुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ ।

यो वर्ष पनि यही चेत्र ८ गते बसन्तपुरमा चीर ठड्याएको थियो । उक्त चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढालेर जाइन्छ । गत वर्ष कोरोनाका कारण होली मनाइएको थिइएन् ।

तर यो वर्ष कोरोनाको दोस्रो लहर शुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले सबैमा आग्रह गरेको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको धर्मीविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *