बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

तुवालोका कारण भिजिबिलीटी कम भएपछि बन्द भएको हवाइ सेवा करिब साढे दुई घन्टापछि सुचारु

तुवालोका कारण भिजिबिलीटी कम भएपछि बन्द भएको हवाइ सेवा सुचारु भएको छ । करिब साढे दुई घन्टापछि विमानस्थल खुलेको हो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता राजकुमार क्षेत्रीकाअनुसार केही बेरअघिबाट हवाई सेवा सुचारु भएको हो । ‘भिजीबिलीटी कम भएपछि दुई घण्टा ४५ मिनेट हवाई सेवा बन्द रह्यो’ उनले भने, अहिले केही सुधार भएपछि हवाई सेवा सुचारु भएको छ ।’

शुक्रबार तुवाँलोका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान बन्द भएका थिए । जहाज उडानका लागि ८ सय मिटरको भिजिविलिटी हुनुपर्छ ।

भिजिबिलीटी कम भएपछि हवाई सेवा अवरुद्ध भएको थियो । साना जहाज अवतरणका लागि एक हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ भने ठूला जहाजको लागि २ हजार आठसय मिटर आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *