बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते भोली (शुक्रवार) बाँडफाँट हुने

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते भोली (शुक्रवार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ  बाँडफाँड गर्ने तयारी गरेको हो । 

यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।  

कम्पनीको आईपीओमा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यी आवेदकहरुबाट ३ करोड ८९ लाख ९६ हजार ५५० कित्ता शेयर माग भएको हो । मागभन्दा ६ दशमलव ५६ गुणा आवेदन परेको यस कम्पनीको आईपीओ १२ लाखभन्दा बढी लगानीकर्ताहरुले नपाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *