शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

नेपालमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ हजार ८९१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन।

बुधबार ३ हजार ९६३ जनाको नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार थपिएका संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाका हुन्। यस्तै पछिल्लो २४ घण्टामा कास्कीमा १९, दाङमा ६, मोरङ र रुपन्देहीमा ४र४ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमण बढ्न थालेका बेला परीक्षण संख्या भने घटेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *