शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

सुशान्त सिंह राजपुतकी प्रेमिका अभिनेत्री रिया चक्रवर्ती सुशान्तको मृत्युपछि पहिलो पटक नयाँ फिल्ममा

बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रहेकी अभिनेत्री रिया चक्रवर्ती सुशान्तको मृत्युपछि पहिलो पटक नयाँ फिल्ममा देखिएकी छिन् । फिल्म ‘चेहरे’मा रिया हुने कि नहुने भन्ने प्रश्नको अब जवाफ पाइएको छ र फिल्ममा रियाको भूमिका भएको प्रस्ट भएको छ । फिल्मको ट्रेलर रिलिज भएको छ र ट्रेलरमा उनी देखिएकी छिन् तर उनको कुनै संवाद भने सुनिएको छैन ।

फिल्मका निर्देशक रुमी जाफरी र निर्माता आनन्द पण्डितले भारतीय अखबार दैनिक भास्करसँग कुरा गर्दै रियाको भूमिकामा कुनै किसिमको काँटछाँट नभएको बताएका छन् । यसअघि चेहरेको पोस्टर र टिजरमा रिया नदेखिएपछि सुशान्तका फ्यानको असन्तुष्टिबाट बच्नको लागि रियालाई फिल्ममा रिप्लेस गरिएको चर्चा चलेको थियो । २०१९ मा रियाले यो फिल्मको सुटिङ गरेकी थिइन् र फर्स्ट लुक पनि साझा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *