शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

आज नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको छ । 
 
नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ४५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये छ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । चन्द्रागीरी हिल्स, जोशी हाइड्रोपावर कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, युनाइटेड इदिमर्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको नेप्सेले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *