बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका नेताहरुले छुट्टै भेला

आगामी रणनीतिको सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका नेताहरुले छुट्टै भेलाको आयोजना गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका हुन् ।

बुधवार दिउँसो भएको भेलामा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सो समुहका केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।

सर्वोच्च अदालतले साबिकको नेकपा(एमाले) पार्टी ब्युताइदिएपछि माधव–झलनाथ पक्षका नेताहरु एमालेमै समाहित भएका छन् । तत्कालिन नेकपा(एमाले)को संसदीय दल, स्थायी कमिटी र केन्द्रीय कमिटीमा माधव नेपाल समुहको बलियो उपस्थिति रहेको छ ।

माधव नेपाल समुहको सो भेलालाई निकै चासोपूर्वक हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *