शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

हामी ओलीको साथ छाड्दैनौँ

 सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै नेकपा माओवादी केन्द्र पुनःस्थापित भएमा पूर्व माओवादी निकटका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरी शंकर चौधरी, दावा तामाङ नेताहरु पुनःस्थापित नेकपा (एमाले) पार्टीमा सामेल हुने मनस्थितिमा पुगेका छन्।

अमदालतको फैसला आएपछि प्रधानमन्त्री ओलीले आइतबार साँझ बालुवाटारमा पूर्व माओवादी नेताहरुसँग छलफल गरेका थिए। अर्थ मन्त्री विष्णु पौडेल, प्रमुख सल्लाहाकार विष्णु रिमालसहित नेताहरु छलफलमा सहभागी रहेका थिए। अ‍ोलीले अदालतको पछिल्लो फैसलासँगै तपाईहरुको मनस्थिति के छ? भनेर प्रश्न गरेका थिए।

जवाफमा पूर्व माओवादी निकट नेताहरुले आफूहरु अन्तिम समयसम्म तपाईलाई साथ दिने मनस्थितिमा छौँ, बरु हाम्रो पद जाने कुरासँग प्रवाह छैन भन्दै ओलीलाई विश्वस्त पारेका थिए। 

अदालतको पछिल्लो फैसलाअनुसार पूर्व माओवादी पुनःस्थापित भएमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसदहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कारबाहीसमेत गर्न सक्नेछ। यदि, कारबाही भोग्न तयार हुँदै एकपटक पुनः ओलीको नजिक बन्ने मनस्थितिमा बादललगायतका नेताहरु पुगेको स्रोतले बताउँछ। स्रोतका अनुसार अदालतको फैसलाभन्दा अगाडि नै माओवादी निकट नेताहरुले प्रधानमन्त्री ओलीलाई पुरानै एमाले ब्यूँत्याउन पटक–पटक सुझाव दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *