शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताएका छन् ।

शनिवार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहिपनि हस्तक्षेप नगरेको बताएका हुन् । अन्य मुलुकको मुल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको उनको भनाई छ ।

भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए । उनले भने – ‘जनतालाई मुल्यवृद्धिले असर गर्ने कुरो अन्य मुलुकमा कसरी बेहोरेको छ त्यसको अध्ययन गर्न जरुरी छ । र भोली यसलाई अटोमेशनमा लैजाने भन्ने फेरी मुल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन । मैले कहिँपनि त्यो हस्तक्षेप गरेको छैन । तपाईको प्रक्रियामा मुल्यवृद्धि गर्नुस्, घटाउनुस्, सस्तोमा आउँछ । ध्यान दिनुपर्ने अलिकति कहाँ हुन्छ भने भारतसँगको मुल्यमा उता सस्तो भयो भने यताबाट पारि जान्छ । त्यो ध्यान दिनुपर्छ, अलि मिलाउनुपर्छ ।’

मन्त्री भट्टले निर्माण नचाहाने र ध्वंस चाहाने, विनास चाहाने प्रवृति आफुहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले भने– ‘अहिले सरकारले गरेका कामहरु त देखिइराछन् । हामिले देखेका छौँ, सरकारले गरेको काममा अवरोध गर्नेहरु पनि छन् । विकास नचाहाने, बिनास चाहाने प्रवृत्ति पनि छ । म हिजो मात्रै रुपन्देहीमा गएको थिँए । हामीले मोतिपुर औद्योगिक क्षेत्रको शिल्यानाश गर्ने कामलाई अगाडी बढाउन । हामी भित्रै प्रवृतिले ढुंगामुढा गर्न लगायो । ध्वंस चाहाने र निर्माण नचाहाने, बिनाश चाहाने, विकास नचाहाने प्रवृत्ति पनि हामि भित्रै छ । त्यसलाई ठिक ढंगले पहिचान गर्ने र त्यो प्रवृत्तिका विरुद्ध हामी संघर्ष गर्ने कुरो नै हुन्छ ।’

मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठिक हो आत्मअनुशासन होकि होइन समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमीकमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उनले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न समेत सुझाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *