आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथोे दिन आज (बुधबार) भारी गिरावट आएकोे छ । मंगलबार नेप्से ५९.७० अंकले नेप्से घटेर दुई हजार चार सय ५५ दशमलब ३३ विन्दुमा थामिएको थियो ।  
        
नेप्सेका अनुसार आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको छ भने ६ अर्ब २५ करोड ४८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।       

आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशन  रहेका छन् । जसको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *