आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि,१०२ जना कोरोना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । भने यससँगै हालसम्म मृतक हुनेको संख्या २०६५ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल १५ सय ३३ मात्रै सक्रिय कोरोना संक्रमित रहेका छन् । ६५ जना क्वारेन्टाइन र २१ लाख ४६ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *