आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट लागुऔषध प्रयोगकर्ता

भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की भागरथी भट्टको २१ माघ दिउँसो लवलेकको सुनसान जंगलमा बलात्कारपछि हत्या भएको थियो ।

हत्या अभियोगमा भागरथीकै छिमेकी दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका भट्ट गाँजा सेवनकर्ता रहेको खुलेको छ । ‘कहिलेकाहीँ खाने भनेर उसले हामीलाई बताएको छ,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’

निर्जन जंगलको बीचमा पुगेपछि भागरथीलाई दिनेशले जबर्जस्ती गर्न खोजेका थिए । भागरथीले चिच्याएर प्रतिकार गरेपछि उनले भागरथीलाई धकेलिदिएका थिए ।

डिलमुनि लडेपछि प्रतिकार गर्न नसकेकी भागरथीलाई बलात्कारपछि भट्टले घाँटी थिचेर मारेको प्रहरीले दाबी गरेको छ ।

तर भट्टले भने बलात्कार गरेको अस्वीकार गरेको भएपनि घटनाको प्रकृति हेर्दा भट्टले नै बलात्कार गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

भागरथीको हत्या गरेपछि दिनेश घरमै पुगेका थिए । भागरथीको हत्यारालाई कारवाही माग गर्दै भएका आन्दोलनहरुमा पनि उनी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *