वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा मृत्युदण्ड हटाउनेबारे छलफल थालेका छन्।
देशमा कोहि पनि अपराधीलाई मृत्युदण्ड नदिने घोषणा गर्नका लागि बाइडेनले कानूनविद्सँग सल्लाह सुरु गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
गत बर्षको नोभम्बरमा राष्ट्रपतीय चुनाव जितेपछि बाइडेनले मृत्युदण्ड हटाउनेबारे आफूले पहल गर्ने बताएका थिए।
अमेरिकामा मृत्युदण्डको सजाय हटे बाइडेन अमेरिकाको इतिहासमा मृत्युदण्डको विरोधमा उत्रिने पहिलो राष्ट्रपति बन्ने छन्।
मृत्युदण्डको सजायको प्रावधान हटाउनको लागि हाल उनले कानूनी सल्लाह गर्न थालेका हुन।
