साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.७५ घटेर २३ सय ७० दशमलव ५४ बिन्दुमा पुगेको छ।
‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ७३ अंकले घटेर ४ सय ३२ दशमलव ३३ बिन्दुमा पुगेको छ।
सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३ प्रतिशत भन्दा धेरैले घटेको छ भने बैंकिङ समूह पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ। सबै सबइन्डेक्सनहरु घटेर राताम्मे देखिए पनि केहि कम्पनीहरुको सेयर मूल्य भने वृद्धि भएको छ।
आज नेप्सेका सबै उपसूचक राताम्मे हुँदा प्रभु लाइफ र एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाए। प्रभु लाइफको सेयर मूल्य प्रतिकित्ता ९ दशमलव ९३ प्रतिशतले बढेको छ। यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ दशमलव ९२ प्रतिशतले बढेको छ।
यस्तै, सगरमाथा लाइफ इन्स्योरेन्स कम्पनीका लगानकर्ताले पनि प्रतिकित्ता ७ प्रतिशतमाथि कमाएका छन्।
आज रिलायन्स फाइनान्सका शेयर धनीले धेरै गुमाए, फाइनान्सको शेयर मूल्य ८.३० प्रतिशत घट्यो।
यस्तै, गुर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले ७.८३ प्रतिशतले गुमाए, गुडविल फाइनान्स लिमिटेडका लगानीकर्ताले पनि ७ प्रतिशत बढीले गुमाएका छन्।
आज सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ४३ करोड ४३ लाखको कारोबार गर्यो ।
नेप्सेमा आज ८ अर्ब २६ करोड बढीको कोरोबार भएको छ।
