बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेप्से आइतबार मात्रै ५० दशमबल २० अंकले वृद्धि, ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार

यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ । आइतबार मात्रै ५० दशमबल २० अंकले नेप्से वृद्धि भएको छ ।  आइतबार नेपाल  लाइफको ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर खरिद विक्री भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । 

आइतबार नेपाल टेलिकमको पनि ३१ करोड ८९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । आइतबार १५ वटा कम्पनीको शेयर बढेर सर्किट लागेको छ ।  गुराँस लाइफ, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *