आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोहरा जेसिजको चौथो पदस्थापन तथा पुरस्कार बितरण हुने

२०१६ सालमा स्थापना भएको मनोहरा जेसिजको चौथो पदस्थापन तथा पुरस्कार बितरण हुने भएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी चौर स्थित हेभन क्याफे थकाली भान्छा एण्ड ब्यान्केटमा पौष २९ गते बुधबार बिहान १०:३० बजे हुने उक्त कार्यक्रममा उपस्थित हुनको लागि मनोहरा जेसिजका वर्ष २०२१ का अध्यक्ष  जेसी  सगर रोक्का र वर्ष २०२० का अध्यक्ष जेसी निशान्त गौतमले अनुरोध गरेका छन ।

जेसिजले युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको जेसी सगर रोक्काले बताए । जेसिजमा सबै बर्ग समुदाय आबद्ध रहेको बताउदै उनले  ’ जेसिज नाफामुखी नभई सेवामुखी संस्था हो, जसले नेतृत्व विकास संगै सहज जीवन यापन गर्ने कला समेत सिकाउदै आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *