आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

(नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्तालाई पार्टी पुनः एकीकरणका लागि दवाव दिन आग्रह गर्दै विज्ञप्ति जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्तालाई पार्टी पुनः एकीकरणका लागि शिर्ष नेतालाई दवाव दिन आग्रह गरेका छन। गौतमले शनिबार विहान विज्ञप्ति जारी गर्दै शीर्ष नेताले कम्युनिष्ट आन्दोलन र कार्यकर्ताको भावनाविपरीत पार्टी विभाजन गर्न लागेकोप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव र सौहार्दतालाई कायम राख्दै पुनःएकीकरणका लागि जोड दिन गौतमले अपिल गरेका हुन्।

विज्ञप्तिमा गौतमले भनेका छन्, ‘नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रुपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो।’

उनले पार्टीका कार्यकारी अध्यक्ष समेत रहेका प्रचण्ड र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली दुवैले गलत गरेको विज्ञप्तिमा उल्लेख गरेका छन। नेकपामा विवादबढ्दै गएपछि भएका दुई समूहलाई मिलाउने प्रयास अन्तिमसम्म गरेका गौतमले पुनः एकीकरणका लागि अभियान नै थालेका छन्।

नेकपाका कुनै पनि समूहमा नरहेका नेता गौतमले जनताको बहुदलीय जनवादलाई ओकालत गर्दैै आएका छन्। दुई समूहमा विभाजन भएको नेकपाको ओली समूहले उक्त सिद्धान्त आत्मसाथ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *