आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राष्ट्रियसभाको बैठक आज बिहिवार बस्दै

राष्ट्रियसभाको बैठक आज बिहिवार बस्दै छ । पुस १७ गतेबाट शुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज पुनः बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्ने र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *