आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अमेरिकी संसदमा गोली प्रहार हुँदा एक महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यूको घोषणा

एजेन्सी । अमेरिकी संसदपरिसरमा प्रहरीले गोली प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ । राष्ट्रपति ट्रम्प समर्थकहरु सुरक्षा घेरा तोडेर संसदपरिसरमा पसेपछि प्रहरीले गोली चलाएको थियो ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसदपरिसरको सुरक्षा घेरा तोडेर भवनभित्र छिरेका थिए। 

उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै भवनको झ्यालढोकामा तोडफोड गरेर अराजकता प्रदर्शन गरेका थिए ।

भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए।

अन्तरार्ष्ट्रिय समाचार माध्यमहरुमा छापिएको समाचार अनुसा राष्ट्रपति ट्रम्पले भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन्। 

हिंसा बढ्ने सम्भावनालाई नियन्त्रण गर्नवासिङ्टन सहरमा १२ घन्टाका लागि कर्फ्यू आदेश जारी गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *