शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

ओलीले निवार्चन गर्ने बहानामा आफुलाई मन नपरेको संविधानको पाङग्रा नै भत्काए : मिलेन्द्र रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता मिनेन्द्र रिजालले ओली व्यक्ति मात्र नभएर प्रवृति भएको टिप्पणी गरेका छन् ।

प्रचण्ड नेपाल समूहले आयोजना गरेको अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा सहभागी भएका नेता रिजालले ओली प्रवृति भएकाले यसको अन्त्य गर्नुपर्छ भनेका हुन् ।

कार्यक्रममा रिजालले नियम काननु मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै नटिकेको भन्दै राजा ज्ञानेन्द्रसँग ओलीको तुलना गरेका छन् । उनले भने,’आज निर्वाचनबाट सत्तामा गएका ओली विदा हुँदैछन् । हिजो ज्ञानेन्द्र विदा भए’ ।

ओली संसारका निरङ्कुश शासकहरु मध्ये एक भएकाले निर्वाच गर्ने भन्दा पनि आफुलाई मन नपरेको संविधानको पाङग्रा भत्काउन खोजेको हो कार्यक्रममा रिजालले आक्रोशित हुँदै भने ।

साथमा यो पनि पढ्नुहोस्

संविधानलाई कुल्चिएर गरेको संसद विघटन विरुद्ध समामुखले बैठक बोलाउनु पर्छ : रविन्द्र मिश्र

काठमाडौं २२ पौष । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद विघटन संविधान सम्मत् नभएकाले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउनु पर्ने जिकिर गरेका छन् ।

प्रचण्ड नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता मिश्रले यस्तो टिप्पणी गरेका हुन् ।

संविधानलाई कुल्चिएर गरेको संसद विघटनाई समामुख सापकोटाले आफु संविधानको पालना गर्छु भन्दै बैठक बोलाएर अविश्वासको प्रस्तावमा छलफल गराउनु उपयुक्क्त भएको अध्यक्ष मिश्रले उक्त कार्यक्रममा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *