शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

आज नेप्से ३.५४ अंकले घटेर दुई हजार एक सय ६५ दशमलब ४९ विन्दुमा

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले घटेको छ । आज नेप्से ३.५४ अंकले घटेर दुई हजार एक सय ६५ दशमलब ४९ विन्दुमा थामिएको छ भने ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ । 
           
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ९ वटा समूह घटेका छन् भने अन्य ३ वटा समूह बढेका छन् ।

आज बैंकिङ समूह ०.५६ प्रतिशतले गिरावट आएको छ भने ट्रेडिङ ५.८२, होटल १.०९, फाइनान्स ०.२२, मेनुफ्याक्चरिङ ०.३, माइक्रोफाइनान्स ०.१८, लाईफ इन्स्योरेन्स ०.३३ र म्यूचुअल फण्ड ०.२८ प्रतिशतले घटेका छन् । 

त्यस्तै, आज डेभलपमेन्ट बैंक समूह ०.१३ प्रतिशतले बढेको छ भने हाइड्रोपावर ३.१२ प्रतिशत र नन लाईफ इनस्योरेन्स ०.५९ प्रतिशतले बढेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *